काठमाडाैं । काेराेना भाइरसकाे संक्रमणबाट विश्वभर ज्यान गुमाउनेकाे संख्या १० हजार नाघेकाे छ । चीनको वुहान क्षेत्रबाट फैलिएको कोरोना भाइरसले विश्वभर अहिलेसम्म १० हजार ४८ जनाको ज्यान गइसकेकाे अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
चीनबाट फेलिएकाे भनिएकाे याे भाइरसका कारण अहिले इटलीमा सबैभन्दा धेरै जनाको मृत्यु भएको जनाइएकाे छ । चीनमा ३ हजार २४८ जनाको मृत्यु भएको छ भने इटलीमा ३ हजार ४०५ जनाको मृत्यु भइसकेको छ ।
चीनमा ८० हजार ९६७ जना संक्रमित छन् भने इटलीमा संक्रमितकाे संख्या ४१ हजार नाघिसकेको छ । इटाली पछि इरानमा अहिलेसम्म १ हजार २८४ जनाको मृत्यु भइसकेको छ ।
काेराेनाबाट बच्नका लागि विभिन्न देशहरुले सतर्कता अपनाइरहेका छन् । पछिल्लाे समय याे भाइरसकाे संक्रमण विश्वभर नै फेलिसकेकाे छ ।