एजेन्सी । हङकङमा कोरोनाभाइरस संक्रमित कुकुरको मृत्यु भएको छ । यसअघि उपचारपछि घर फर्काइएकाे १७ वर्षीया पोमिरानियन नामक कुकुरको गएकाे सोमबार मृत्यु भएको हो ।
साउथ चाइना मर्निङ पोष्टका अनुसार कुकुरमा कोरोनाभाइरस देखिएपछि पनि क्वारेन्टिनमा राखिएको थियो । पाँच पटक मेडिकल टेष्ट गराउँदा कोरोनाभाइरसको संक्रमण कमजोर देखिएको थियो ।
कुकुरकाे मालिकमा पनि कोरोनाभाइरसको संक्रमण देखिएको थियो । उसको ६० वर्षीया मालिकमा फेब्रुअरी २५ तारिखमा कोरोनाभाइरसको संक्रमण पुष्टि गरेको थियो ।
ती महिला उपचारपछि मार्च ८ मा घर फर्केकी थिइन् ।