Aafno Khabar

चीनकाे वुहानमा काेराेना संक्रमण शून्य

  • २०७६ चैत्र ६ गते ०५:४२ प्रकाशित

काठमाडौं । काेराेना भाइरसकाे इपिसेन्टर मानिएकाे चीनकाे वुहानमा संक्रमण शून्यमा झरेकाे छ । मंगलबार १३ को ज्यान गएकोमा बुधबार ८ संक्रमितको ज्यान गएको छ ।

गत डिसेम्बरको अन्त्यतिर चीनकाे वुहानबाट देखापरेको काेराेना भाइरसकाे स‌ंक्रमण यतिबेला विश्वभर फैलिसकेकाे छ । वुहानमा बुधबार शून्य संक्रमण देखिएकाे समाचार संस्था सिन्ह्वाले जनाएकाे छ ।

कोरोनाका कारण चीनमा ३ हजार २ सय ३७ को ज्यान गएको छ । चीनमा अझै ८० हजार ८ सय ८९ मानिस संक्रमित छन् । यीमध्ये २ हजार ६ सय २२ को अवस्था भने गम्भीर रहेको बताइएको छ ।

सम्बन्धित शीर्षकहरु