एजेन्सी । काेराेना भाइरस संक्रमणका कारण भारतमा ज्यान गुमाउनेकाे संख्या चार जना पुगेकाे छ ।
बिहीबार साँझ भारतीय स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाभाइरस संक्रमणबाट चार जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या एक सय ६७ पुगेको छ।
पछिल्लाे समय काेराेना संक्रमणका कारण पन्जावका ७० वर्षीय वृद्धकाे ज्यान गएकाे हाे । उनी इटालीबाट जर्मनी भएर मार्च ७ मा भारत पुगेका थिए । उनी मधुमेहकाे बिरामी रहेकाे पनि बताइएकाे छ ।