Aafno Khabar

वडाकाे बैठक : अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध

  • २०७६ चैत्र ५ गते १४:१५ प्रकाशित

बारा । बाराको सिम्रौनगढ नगरपालिका वडा नं ५ मा अविवाहित केटीलाई मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ । बुधबार बसेको वडास्तरको बैठकले अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो ।

कम उमेरमा भागेर विहे गर्ने क्रम बढेपछि वडा समितिमा छलफल पछि अविवाहित केटीलाई मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगिएको वडा अध्यक्ष रामबहादुर कुर्मी पटेलले जानकारी दिनुभयाे ।

सरकारले विवाहको उमेर २० वर्ष तोकेको छ तर एक महिनामा चौरहरिया टोलबाट मात्रै दुई जना १२/१४ बर्षका केटीहरु भागेका थिए । छोराछाेरी भागेपछि अभिभावकहरु जनप्रतिनिधिकोमा गुनासो लिएर आउँने गरेकाेले अविवाहित केटीहरुमा त्रास देखाउनका लागि मोबाइल बोक्न रोक लगाउने निर्णयमा पुगेकाे अध्यक्षा पटेलले बताउनुभयाे ।

अविवाहित केटाहरुमा भने यस किसिमकाे बन्देज लगाइएकाे छैन । उनीहरु घरबाहिरकाे काममा हुने भएकाले माेबाइल बाेक्न बन्देज गराउन नमिल्ने वडा कार्यालयले जनाएकाे छ ।