Aafno Khabar

रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत

  • March 18, 2020 प्रकाशित

काठमाडौं । चन्द्रागिरि नगरपालिका–१५ स्थित तीनथानामा रोकिराखिएको ट्रकभित्र किशोरी बलात्कृत भएकी छिन् । तीनथानाको सडक किनारामा पार्किङ्ग गरी राखिएको ना ३ ख ६९४ नम्बरको ट्रकभित्र १७ वर्षीया किशोरी बलात्कृत भएकी हुन् ।

घटनापछि महानगरीय प्रहरी वृत्त थानकोटले घटनामा संलग्न तीनजना पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका–१, दाङ स्थायी ठेगाना भएका २४ वर्षीय सञ्जय घर्ती मगर, सिन्धुली सुनकोशी गाउँपालिका–९ का १९ वर्षीय पासाङ तामाङ र गोकुलगंगा गाउँपालिका–२, रामेछापका १९ वर्षीय कपिल खड्का छन् ।

पक्राउ परेका तीनजनामाथि थप अनुसन्धान गरि कारबाही प्रक्रिया अघि बढाउन लागिएको प्रहरीले जनाएको छ ।