Aafno Khabar

काेभिड १९ प्रकाेप : विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार १ सय ६४

  • March 17, 2020 प्रकाशित

काठमाडाैं । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट पछिल्लो २४ घण्टामा ६ सय ४५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या ७ हजार १ सय ६४ पुगेको छ । याे भाइरस १६२ देशमा फैलिसकेकाे छ ।

सोमबार मात्रै १२ हजार ९ सय ८० जना नयाँ कोरोना संक्रमित फेला परेका छन् ।

पछिल्लो २४ घण्टामा ५ देश थपिएपछि कोरोना संक्रमित देशहरुको संख्या १६२ पुगेको हो । विश्वभर कोरोना संक्रमितको संख्या १ लाख ८२ हजार ५ सय ५० पुगेको छ।

मंगलबार बिहानसम्म कोरोना संक्रमित मध्ये ७९ हजार ८ सय ८१ जना उपचार पछि घर फर्किएका छन् । ६ हजार १ सय ६३ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको छ । यसअघि आइतबार विश्वभर ६ सय ८२ जनाको ज्यान गएको थियो ।