Aafno Khabar

एक दिनमा दोब्बर बढ्याे बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या

  • २०७६ चैत्र २ गते ०५:२८ प्रकाशित

एजेन्सी । बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २१ पुगेको छ । बेलायतमा पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको हाे ।

बेलायतमा ३७ हजार ७ सय ४६ व्यक्तिको स्वास्थ्य परीक्षण गरिएकोमध्ये १ हजार १ सय ४० मा संक्रमणको पुष्टि भएको छ ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवाले बिरामीको उपचारका लागि शैय्या र भेन्टिलेटर थप्ने जानकारी दिएको छ । चीनकाे वुहानबाट सुरू भएकाे याे भाइरस अहिलेसम्म विश्वका १ सय ३५ भन्दा बढी देशमा फैलिसकेकाे छ ।