Aafno Khabar

कोरोना भाइरसबारे जानकारी दिन सरकारले स्थापना गर्‍यो ‘कल सेन्टर’

  • २०७६ फाल्गुन ३० गते ०७:१७ प्रकाशित

काठमाण्डाै । कोरोना भाइरसबारे जानकारी गराउन सरकारले शुक्रबारदेखि ‘कल सेन्टर’ सञ्चालनमा ल्याएकाे छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्न यस्तो सेवा सुरू गर्न लागिएको हो।

अब तपाइँहरूले कोरोना भाइरसबारे केही जान्न मन लाग्यो भने १११५ नम्बरमा कल गर्न सक्नुहुनेछ ।