Aafno Khabar
sanima bank

नेपाल र सिंगापुर बीचको खेल टस पनि नभई रद्ध

  • March 6, 2020 प्रकाशित

काठमाडौं । थाइल्याण्डमा भइरहेको एसीसी इस्टर्न रिजन टी–२० क्रिकेट प्रतियोगितामा नेपाल र सिंगापुरबीचको खेल रद्ध भएको छ ।

वर्षाका कारण मैदान र पिच भिजेकाले समयमा तयार नभएपछि खेल टस नै नभई रद्ध भएको हो ।

शुक्रबार बिहान बैंककस्थित टेर्डथाई क्रिकेट मैदानमा स्थानीय समयअनुसार बिहान साढे ९ बजे खेल शुरु हुने तय थियो । तर पिच खेल्नलायक नभएपछि साढे दुई घण्टासम्म पनि टस हुन सकेन र खेल रद्ध भएको एसीसीले जनाएको छ ।