एजेन्सी । इरानका सर्वाेच्च नेता आयातुल्लाह खामेनेईले दिल्लीमा भएको हिंसालाई लिएर भारतको निन्दा गरेका छन् ।
दिल्लीको उत्तर–पूर्वी जिल्लामा गएको २४–२६ फेब्रुअरीमा भएको हिंसामा अहिलेसम्म झण्डै ५० जनाको ज्यान गइसकेको छ भने दुई सय भन्दा धेरै घाइते भएका छन् ।
नागरिकता संशोधन कानुनको विरोधलाई लिएर भएको हिंसामा ज्यान गुमाउनेमध्ये धेरै मुस्लिम समुदायका रहेका छन् ।
इरानका सर्वाेच्च धार्मिक नेता खामेनेईले बिहीबार ट्वीट गर्दै भारतमा मुस्लिममाथि दमन भइरहेको र विश्वभरिका मुस्लिम समुदाय यसबाट दुःखी भएको बताएका छन् ।