Aafno Khabar
sanima bank

नेपालद्वारा थाइल्याण्ड ९ विकेटले पराजित

  • March 4, 2020 प्रकाशित

एसीसी इस्टर्न रिजन टी २० क्रिकेटमा नेपालले थाइल्याण्डविरूद्ध उत्कृष्ट जित हात पारेको छ । थाइल्याण्डविरूद्ध नेपालले ९ विकेटकाे जित हात पारेकाे हाे । थाइल्याण्डले दिएको ६७ रनको लक्ष्य नेपालले १ मात्र विकेट गुमाएर ५.३ ओभरमा पूरा गरेकाे हाे ।

पारस खड्कासँग ओपनिङ आएका कुशलले १८ बलमा ३६ रनको नट आउट पारि खेले । उनले ५ चौका र २ छक्का प्रहार गरे । यसैगरी पवर्न शर्राफ २७ रनमा अविजित रहे । उनले १० बल फेस गर्दा ३ छक्का र २ चौका प्रहार गरे ।

नेपालले एक मात्र विकेट पारसको रुपमा गुमाएको हो । पारस व्यक्तिगत ९ रन बनाएर आउट भए । ५ बल फेस गरेका पारसले २ चौका प्रहार गरे ।

टस जितेर पहिला ब्याटिङ गरेको थाइल्याण्डले निर्धारित ओभरमा सबैविकेट गुमाएर ६६ रन बनाएको थियो ।

थाइल्याण्डका हेनन जोर्डन सर्वाधिक १३ रन बनाएर आउट हुँदा अरु कुनै पनि खेलाडीले दोहोरो अंकमा रन बनाएनन् । ३ जना खेलाडी रन आउट भए ।

नेपालका लागि करण केसीले सर्वाधिक तीन विकेट लिँदा अविनाश बोहोराले २ विकेट लिए । सन्दीप लामिछाने र भुवन कार्कीको नाममा एक एक विकेट रह्यो । भुवनकाे डेब्यु खेल पनि हाे ।