Aafno Khabar

दिल्ली हिंसा : मृतककाे संख्या ३२ पुग्याे

  • February 27, 2020 प्रकाशित

भारत – नागरिक संशोधन कानुनको विरोधमा हिंसा भड्किँदा भारतमा मर्नेको संख्या ३२ जना पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । नागरिकता कानुन संशोधनको विरोधमा भएको प्रदर्शनले गएको आइतबारदेखि भारतमा हिंसाको रुप लिएको छ ।

स्वास्थ्य विभागको एक जना वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै समाचार एजन्सी पीटीआई ले हिंसाका कारण मृत्यु हुनेको संख्या ३२ जना पुगेको जनाएको छ ।

गएको चार दिनदेखि दिल्लीको उत्तरपूर्वी इलाकामा भइरहेको हिंसात्मक प्रदर्शनमा सयौँको संख्यामा मानिसहरु घाइते भएका छन् ।

दिल्लीको जीटीबी अस्पतालमा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पतालमा २ जनाको मृत्यु भएको बीबीसीको समाचारमा उल्लेख छ ।