Aafno Khabar
sanima bank

च्याम्पियन्स लिग : युभेन्टसमाथि लियाेनकाे जित

  • February 27, 2020 प्रकाशित

युरोपेली च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा लियोनले युभेन्टसमाथि १–० को जित निकालेको छ । लियोनका लागि मिडफिल्डर लुकास टोसार्ट ३१ औँ मिनेटमा गाेल गरेका थिए ।

त्यसपछि लियोनले बलियो डिफेन्सिभ खेल खेल्यो । जसमा युभेन्टसले एउटा पनि पोस्ट चार्ज गर्न सकेन ।

लियोनले युभेन्टसविरुद्ध पहिलो पटक जित हात पारेको हो ।

क्रिस्टियानो रोनाल्डोले बुधबार राति युभेन्टसका लागि कुनै गोल गर्न सकेनन् । दोस्रो लेगको खेल मार्च १७ मा टुरिनमा हुनेछ ।