Aafno Khabar
creativeideas

शाखा अधिकृतकाे विषयगत पत्रका लागि सम्भावित सामाग्री

  • २०७६ फाल्गुन १४ गते प्रकाशित

१. राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम कहिलेबाट थालनी भएको हो ?

 आर्थिक वर्ष २०७६/०७७
– राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले विद्यालय तहको शैक्षिक एवम् भौतिक स्तरमा सुधार ल्याउने विश्वास गरिएको ।
– कार्यक्रममा गुणस्तरीय पाठ्यपुस्तक, शिक्षण सामग्री, प्रयोगशाला, पुस्तकालय निर्माण, भौतिक पूर्वाधार निर्माणलगायत सुधारका कार्यहरू समावेश गरिएको ।
– पाँच अर्ब बजेट विनियोजन गरी यो कार्यक्रम घोषणा गरिएको ।

२. अफगानिस्तानमा भएको राष्ट्रपतिको निर्वाचनमा को विजयी बनेका छन् ?

 असरफ घानी
– राष्ट्रपतीय चुनाव सकिएको झन्डै पाँच महिनापछि अफगानिस्तानको निर्वाचन आयोगले वर्तमान राष्ट्रपति असरफ घानीलाई नै सन् २०२० फेब्रुअरी १८ मा निर्वाचित घोषणा गरेको । धाँधली गरेको आरोप लागेपछि पुनः मतगणना भएकाले परिणाम सार्वजनिक हुन ढिलाइ भएको ।
– राष्ट्रपतीय निर्वाचनमा घानीलाई ५०.६४ प्रतिशत र निकटतम प्रतिद्वन्द्वी वर्तमान प्रमुख कार्यकारी अबदुल्लाह अब्दुल्लाहलाई ३९.५२ प्रतिशत मत प्राप्त ।
– आन्तरिक गृहयुद्धमा फसेको अफगानिस्तानमा पछिल्लो पाँच वर्ष एकताको सरकारको नाममा घानी र अब्दुल्लाहले शक्ति बाँडफाँड गर्दै आएका ।

३. लमजुङ जिल्लास्थित माथिल्लो दोर्दी ‘ए’ जलविद्युत्् आयोजनाको विद्युत् उत्पादन क्षमता कति छ ?

 २५ मेगावाट ।
– विद्युत्गृहमा १२.५ मेगावाटका दुईवटा टर्वाइन राखेर २५ मेगावाट विद्युत् उत्पादन गरिने । २०७६ फागुनसम्ममा करिब ९६ प्रतिशत काम सम्पन्न भएको सो आयोजनाबाट २०७६ चैतभित्रै विद्युत् उत्पादन थाल्ने तयारी रहेकोे जनाइएको ।
– सुरुमा तीन अर्व ९६ करोड लागत अनुमान गरिएको आयोजनाको लागत बढेर चार अर्ब ६३ करोड ६० लाख रुपियाँ पुगेको । भूकम्प, नाकाबन्दी र यसै वर्षको बाढीका कारण आयोजना निर्माण समय धकेलिन पुग्दा लागत पनि बढेको ।

४. नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सङ्घ (एनएनआईपीए) द्वारा १४औँ एनएनआईसीए स्पोर्टस अवार्ड–२०७६ अन्तर्गत वर्षको उत्कृष्ट खेलाडी कसलाई घोषित गरियो ?

पुरुषतर्फ :विमल अधिकारी (पाराग्लाइडिङ)
महिलातर्फ : निमा गुरुङ (तेक्वान्दो)
– एनएनआईपीएले १८औँ एसियाली खेलकुदमा र सो वर्ष अन्य प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा विमल र निमालाई सर्वश्रेष्ठ खेलाडी घोषित गरेको ।
– दुवै खेलाडीलाई एक/एक लाख नगद राशिसहित पुरस्कृत गरिएको ।
– अधिकांश खेलाडी २०७५ मा इन्डोनेसियामा भएको १८औँ एसियाली खेलकुदमा सहभागी खेलमा गरेको प्रदर्शनलाई आधार मान्दै सम्बन्धित सङ्घको सिफारिसमा उत्कृष्ट खेलाडी घोषित गरिएको । उत्कृष्ट २८ खेलाडीलाई समान दस हजार रुपियाँ प्रदान गरिएको ।
– यसै संस्करणबाट सुरु गरिएको प्रतिभावान खेलाडीको विधामा एथ्लेटिक्सका अजितकुमार यादव र भलिबलकी सरस्वती चौधरी उत्कृष्ट भई समान ५० हजार नगद राशिसहित पुरस्कृत भएका ।
– गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट बक्सिङका प्रशिक्षक मदनकुमार गुरुङ (पुरस्कार राशि – ३५ हजार) सम्मानित भएका ।
– त्यस्तै, एनएनआईपीएले पहिलोपटक समावेश गरेको पारा खेलकुदको अवार्ड महिमा कोइरालालाई प्रदान गरिएको ।
– राजेन्द्र चित्रकारलाई स्पोर्टस् जर्नालिस्ट अवार्ड र खेलपत्रकार प्रज्जल ओलीलाई स्पेसल अवार्डले सम्मानित गरिएको ।
५. ‘युनिटी जर्नल’ कुन सुरक्षा निकायद्वारा प्रकाशित जर्नल हो ?

 नेपाली सेना ।
– सेनाद्वारा पहिलोपटक प्रकाशित युनिटी जर्नल सेना दिवस तथा महाशिवरात्रि पर्व (२०७६) मा विमोचन गरिएको ।
– बौद्धिक सहभागिता र सुरक्षा, अर्थ, जलवायु, परिवर्तन, अन्तर्राष्ट्रिय सम्बन्धजस्ता कुराको गहनतम अध्ययन र खोजका लागि युनिटी जर्नल महŒवपूर्ण हुने जनाइएको ।

६. त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रविधिमार्फत यात्रुलाई सेवा दिने ‘रोबोट सेवा’को उद्घाटन कहिले गरियो ?

विक्रम संवत् २०७६ फागुन ८ ।

७. ‘सफल बन्नका लागि होइन, बरु मूल्यवान बन्नका लागि सङ्घर्ष गर’ भन्ने विद्वान् को हुन् ?

अल्बर्ट आइन्स्टाइन ।

८. विसं. २०७६ फागुनमा सम्पन्न नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (निफ) मा उत्कृष्ट चलचित्रको उपाधि कुन चलचित्रले जित्यो ?

चलचित्र बुलबुल ।

९. काठमाडौँ उपत्यकामा विद्युतीय तार भूमिगत गर्ने कार्यको शुभारम्भ कहिलेदेखि गरिएको हो ?

विसं २०७६ फागुन ५ ।
– पहिलो चरणमा रत्नपार्क र महाराजगन्ज वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा विद्युत् तार भूमिगत गर्ने तथा अप्टिकल फाइबरसमेत बिछ्याइने भएको ।
– दोस्रो चरणअन्तर्गत काठमाडौँका बाँकी भाग, ललितपुर र भक्तपुरका मुख्य–मुख्य सडकमा तार भूमिगत गरिने । साथै पोखरा, भरतपुरलगायत देशका मुख्य–मुख्य सहरमा भूमिगत तार बिछ्याउनका लागि सर्वेक्षण कार्य थालनी गरिएको ।

१०. गण्डकी विश्वविद्यालयको कुलपतिमा कसलाई नियुक्त गरिएको छ ?

प्रा.डा. गणेशमान गुरुङ ।
(प्रदेशअन्तर्गतको विश्वविद्यालयमा सम्बन्धित ऐनले नै कुलपतिमा सरकार प्रमुखको सट्टा बाहिरी व्यक्ति नियुक्त गर्ने व्यवस्था गर्ने गरेको । प्रदेशस्तरमा कुलपति बन्ने गुरुङ नेपालको पहिलो व्यक्ति हुनुहुन्छ ।)

११. राष्ट्र बैङ्कद्वारा प्रकाशित तथ्याङ्कअनुसार २०७६ पुससम्म वाणिज्य बैङ्कका शाखा पुगेको स्थानीय तह कति रहेका छन् ?

७४५

१२. राष्ट्र बैङ्क इजाजतप्राप्त बैङ्क तथा वित्तीय संस्थाको सङ्ख्या २०७६ पुस मसान्तसम्म कति रहेको छ ?

१६४ (वाणिज्य बैङ्क २७, विकास बैङ्क २४, वित्त कम्पनी २२, लघुवित्ती वित्तीय संस्था ः ९० एवम् पूर्वाधार विकास बैङ्क १)

१३. सैनिक प्राड सेवा नियमावली–२०७४ अनुसार ‘सैनिक प्राड सेवा’ भन्नाले के बुझिन्छ ?

नेपाली सेनामा कानुन तथा न्यायसँग सम्बन्धित कार्यसम्पादन गर्न नियुक्त प्राड अधिकृत तथा प्राड पदिकसँग सम्बन्धित सेवा ।

१४. छैँटौँ विश्व सरकार सम्मेलन कहिले र कहाँ सम्पन्न भयो ?

सन् २०१८ फेब्रुअरी ११–१३, युएई ।
– सम्मेलनमा सरकारका नीति, प्रक्रिया एवम् प्रविधिको उन्नयनबाट मानिसको जीवनमा पर्ने प्रभावलगायतका विषयमा गहन छलफल भएको ।
– यस सम्मेलनमा विश्वका एक सय ४० भन्दा बढी देशका सरकार प्रमुख एवम् सङ्घ सङ्गठनहरूको सहभागिता रहेको । हरेक वर्ष आयोजना गरिँदै आएको यस निकायको पहिलो सम्मेलन सन् २०१३ मा सम्पन्न भएको ।

१५. विश्व आर्थिक मञ्चद्वारा ‘ग्लोबल सेन्टर फर साइबर सेक्युरिटी’ को स्थापना कहिले गरियो ?

सन् २०१८ जनवरी २६ ।
– साइबर आक्रमणका घटनाहरूलाई निरुत्साहित गरी सुरक्षित साइबर स्पेस उपलब्ध गराउने उद्देश्यले यो संस्थाको स्थापना गरिएको ।
– सन् २०१८ मार्चदेखि कार्यारम्भ गरेको उक्त केन्द्रको प्रमुख कार्यालय स्वीट्जरल्यान्डको जेनेभामा छ ।

१६. अन्तर्राष्ट्रिय फौजदारी अदालतको प्रधान कार्यालय कहाँ रहेको छ ?

नेदरल्यान्डको हेग ।
– यो अदालत औपचारिक रूपमा सन् २००२ जुलाई १ मा स्थापना भएको ।
– हाल (सन् २०१८ अप्रिल) यो संस्थामा १२२ सदस्य राष्ट्र रहेका ।
– सार्क राष्ट्रहरूमध्ये बङ्गलादेश, माल्दिभ्स र अफगानिस्तानले यसको सदस्यता लिएका ।

१७. प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल नमोबुद्ध कहाँ रहेको छ ?

काभ्रे ।
– जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर र राजधानीबाट ४३ किलोमिटरको दूरीमा अवस्थित नमोबुद्ध बौद्ध धर्मावलम्बीको पवित्र तीर्थस्थल मानिन्छ ।
– गौतम बुद्धको अघिल्लो जन्म नमोबुद्धमा भएको धार्मिक किंवदन्ती रहेको छ ।
– बौद्ध धर्मावलम्बीले कात्तिक पूर्णिमामा विशेष मेला भर्ने यस स्थानमा साउन महिनामा गुँला पर्व एवम् हरेक पूर्णिमा र औँसीमा पनि दर्शनार्थीहरू जुट्ने गर्दछन् ।

१८. एसियाडको इतिहासमा पहिलोपटक दुई सहरमा आयोजना गरिएको एसियाली खेलकुद प्रतियोगिता कुन हो ?

१८औँ एसियाड (सन् २०१८) (इन्डोनेसियाको जकार्ता र पलेम्वाङ)

१९. विश्वकै अग्लो झोलुङ्गे पुल कहाँ छ ?

चीन (डुगे पुुल) ।
(चीनको डुगे ब्रिज पाँच सय ६५ मिटर अग्लो रहेको । त्यस्तै, चीनकै सिदु पुल चार सय ९६ मिटर, पुल्ली पुल चार सय ८५ मिटर र एची पुल चार सय ३४ मिटर अग्लो रहेको जनाइएको ।)

२०. नेपालको सबैभन्दा अग्लो पुल कहाँ छ ?

हालसम्म नेपालको अग्लो पुलका रूपमा पर्वत सदरमुकाम कुश्मा र मुडिकुवा जोड्ने मोदीखोलामाथि निर्मित पुल ।

२१. सङ्घीय संसद्अन्तर्गतको प्रतिनिधिसभामा सांसद र मन्त्रीबीच प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमको सुरुवात कहिलेदेखि गरिएको हो ?

विसं २०७५ भदौ १८ ।
– प्रतिनिधिसभा नियमावली–२०७५ को परिच्छेद (८) को व्यवस्थाअनुसार प्रत्यक्ष कार्यक्रम सुरु गरिएको ।
– प्रश्नोत्तर कार्यक्रम सञ्चालनका लागि मन्त्रालयअनुसार बार निर्धारणसमेत गरिएको ।

२२. ‘आफ्नो अन्तरआत्माको आज्ञाअनुसार काम गर्दा कुनै अकल्याण वा अमङ्गल हुँदैन’ भन्ने विचारक को हुन् ?

लियो टाल्सटाय ।

२३. नेपालमा राष्ट्रिय सूचना दिवस कहिले मनाइन्छ ?

भदौ ३ ।
(सूचनाको हकसम्बन्धी ऐन–२०६४ प्रचलनमा आएको दिन भदौ ३ (विसं २०६४) लाई हरेक वर्ष राष्ट्रिय सूचना दिवसका रूपमा मनाउने गरिएको ।)

२४. सुमेरु परिषद् (आर्टिक काउन्सिल) का सदस्य राष्ट्र कति छन् ?

आठ ।
(अमेरिका, क्यानडा, आइसल्यान्ड, नर्वे, डेनमार्क, फिनल्यान्ड, स्वीडेन र रसिया ।)

२५. विश्वकै अग्लो स्थानमा धान फल्ने ठाउँ कहाँ छ ?

जुम्ला ।
– गुरु चन्दननाथ बाबाले भारतको कास्मिरबाट मार्सी धानको बीउ ल्याई यस स्थानमा रोप्न लगाएको भनाइ रहेको ।
– कर्णालीको स्थानीय धानका रूपमा रहेको मार्सी धानलाई जुम्ली मार्सी पनि भनिने ।
– उच्च पहाडमा मात्र उत्पादन हुने मार्सी धानमा अधिक चिसो सहने क्षमता रहेको ।
– प्रोटिन र फाइबरलगायतका तŒव बढी पाइने मार्सी चामल पोषिलो एवम् स्वास्थ्यवद्र्धक रहेको ।
– जुम्ली मार्सीको बीउ राख्न निश्चित दिन, बार नै तोकिएको हुन्छ । हरेक वर्ष चैत १२ गते बीउ भिजाउने, १६ गते निकालेर टुसा उमार्नका लागि तातो बनाउन ढाकेर राख्ने र टुसा उमारेको बीउ चैत २० गते व्याडमा छर्ने चलन रहेको ।
– जुम्ला नेपालको पहिलो कृषि अर्गानिक घोषित जिल्ला हो ।

२६. ‘द मेटाफिजिक्स’ नामक किताबका लेखक को हुन् ?

अरस्तु ।

२७. भिक्टोरिया फल्स कुन–कुन देशको सीमामा पर्दछ ?

जिम्बावे र जाम्बिया ।

२८. युरोपको बिरामी भनेर कुन देशलाई भनिन्छ ?

टर्की ।

२९. यलम्बर कुन वंशका प्रथम राजा थिए ?

किरात वंश ।

३०. ट्रहोटे पर्व मुख्य रूपमा कुन जातिले मनाउने गर्छन् ?

गुरुङ ।