इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुवारकको मङ्गलबार निधन भएको छ । उनी ९१ वर्षका थिए ।
करिब तीन दशक इजिप्टको नेतृत्वमा रहेका मुवारकलाई सन् २०११ मा अरब वसन्त नाम दिइएको आन्दोलनको भरमा पदच्युत गरिएको थियो ।
उनकाे मृत्युको पुष्टि पूर्वराष्ट्रपतिका छोरा अला मुवारक तथा राष्ट्रपतिको कार्यालयबाट सूचनालाई उद्धृत गरी राष्ट्रिय टेलिभिजनमार्फत गरिएको छ । उनकाे अन्तयेष्टि सैन्य सम्मानका साथ बुधबार हुने जनाइएको छ ।
इजिप्टका पूर्व राष्ट्रपति अन्वर अल–सादतको इस्लामिक लडाकूद्वारा सन् १९८१ मा हत्या भएपछि मुवारक राष्ट्रपति बनेका थिए ।
–एजेन्सी