Aafno Khabar

विश्वकै सबैभन्दा वृद्ध प्रधानमन्त्रीले दिए राजीनामा

  • February 24, 2020 प्रकाशित

काठमाण्डौ – मलेसियाका प्रधानमन्त्री महाथिर मोहम्मदले सोमबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै आफ्नो राजीनामाको घोषणा गरेका हुन् । ९४ वर्षीय मोहम्मद विश्वको सबैभन्दा वृद्ध प्रधानमन्त्रीका रुपमा चिनिन्थे ।

महाथिर मोहम्मद गएको चार दशकदेखि मलेसियाको केन्द्रिय राजनीतिमा सक्रिय थिए । उनी सन् १९८१ देखि २००३ सम्म लगातार मलेसियाका प्रधानमन्त्री बनेका थिए ।

त्यसपछि सन् २०१८ मा नजीब रज्जाकलाई हराउँदै महाथिर मोहम्मदले फेरि सत्तामा पुनरागमन गरेका थिए । महाथिर लामो समयसम्म बार्सिन नेसलन पार्टीको सदस्य थिए ।