Aafno Khabar

२५ हजार धरौटी बुझाउन नसक्दा माइला लामा जेल चलान

  • February 19, 2020 प्रकाशित

काठमाडौं । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी नेकपाका नेता माईला लामा धरौटी रकम बुझाउन नसकेपछि फेरी जेल चलान भएका छन् । नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तत्कालिन उपत्यका इन्चार्ज माईला लामालाई संखुवासभा अदालतले २५ हजार धरौटीमा छोड्न आदेश दिएको थियो ।

हात हतियार तथा खरखजाना मुद्धामा पक्राउ परेका लामालाई धरौटीमा रिहाको आदेश भएपनि रकम बुझाउन नसकेपछि लामा पुनः जेल गएका हुन् ।

सरकारले प्रतिबन्धित घोषणा गरेर विप्लव नेतृत्वको नेकपाका नेता कार्यकर्तालाई विभिन्न मुद्धामा पक्राउ गरिरहेको छ ।

एनसेल मुख्यालयमा बम विस्फोटको आरोपमा पक्राउ परेका लामालाई ललितपुर अदालतले रिहा गरेपनि अन्य मुद्धा लगाएर अदालत परिसरबाटै पक्राउ गरि सुनसरी पुर्‍याईएको थियो ।

सुनसरीबाट समेत रिहा भएका लामालाई अदालतबाटै पक्राउ गरि संखुवासभा पुर्‍याईएको थियो ।