Aafno Khabar

स्याङ्जालीलाई मन्त्री अर्यालको आग्रह – बजेटको चिन्ता नगरी खर्च गर्नुस

  • २०७६ फाल्गुन १ गते १६:१४ प्रकाशित

स्याङ्जा । भूमि ब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पदमा अर्यालले चालु आर्थिक खर्च सन्तोषजनक नभएको बताउनुभएको छ ।

जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको संयुक्त आयोजनामा बिहीवार आयोजित स्याङ्जा जिल्लाको विकास सम्बन्धी छलफल कार्यक्रमपछि सम्बोधन गर्दै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो ।

चालु आर्थिक बर्षमा पुँजीगततर्फको खर्च सन्तोषजनक नभएकोमा दुख ब्यक्त गर्दै मन्त्री अर्यालले भन्नुभयो पैसाको अभाव छैन, काम गरौ । बजेट छलफलपछि आफु झनै संवेदनशील बनेको बताउदै सबैको चाहना पुरा गर्ने योजना भन्दा आवश्यकतामुखी योजना पहिचान गर्दे सम्पन्न गर्न मन्त्री अर्यालको सुझाव छ ।