Aafno Khabar

त्रिकोणात्मक सिरिज : नेपालको सुखद अन्त्य, अमेरिका ८ विकेटले पराजित

  • February 12, 2020 प्रकाशित

काठमाडौं । आइसीसी विश्व क्रिकेट लिग २ अन्र्तगतको त्रिकोणात्मक सिरिजलाई नेपालले सुखद अन्त्य गरेको छ । सिररिजकाे अन्तिम खेलमा नेपालले अमेरिकालार्इ ८ विकेटले पराजित गर्दै प्रतियाेगिताकाे सुखद अन्त्य गर्याे ।

अमेरिकालाइ कीर्तिमानी ३५ रनमा अलअाउट गरेकाे नेपालले ३६ रनकाे लक्ष्य ५.२ अाेभरमा २ विकेट गुमाएर पूरा गर्याे  । नेपालका पारस खडकाले २० र दिपेन्द्रसिंह एेरीले १५ रन बनाए ।

यसअघी नेपाली क्रिकेट टिमका स्पिनरद्धय सन्दीप लामिछाने र सुशन भारीको घातक बलिङसँगै नेपालले अमेरिकालाई ३५ रनमा अलआउट गरेको थियाे । यो एकदिवसीय क्रिकेटकै सबैभन्दा कम स्कोर हो ।

आईसीसी क्रिकेट वल्र्डकप लिग २ अन्तरगत क्रिकोणात्मक सिरिजको अन्तिम खेलमा नेपालले टस जितेको थियो र अमेरिकालाई ब्याटिङको निम्तो दिएको थियो । तर अमेरिकाका ब्याट्सम्यानहरु नेपाली स्पीनसामू निरिह देखिए ।

पहिलो ओभर करण केसीले मेडन फालेका थिए । दोस्रो ओभरको छैटौं बलमा सन्दीपले विकेटको खाता खोले । त्यसपछि लगातार विकेट गुमाएको अमेरिका १२ औं ओभरको अन्तिम बलमा ३५ रन बनाएर अलआउट भयो । सन्दीप एक्लैले ६ विकेट लिँदा सुशनको नाममा चार विकेट रह्यो ।

अमेरिकाका जेभियर मार्सलले १६ रन बनाउनु बाहेक अरुले दोहोरो अंकमा रन बनाउन सकेनन् । नेपालमा आयोजना भएको सिरिजमा नेपालले २ खेलमा जीत र २ खेलमा हार ब्यहाेरेकाे छ ।