Aafno Khabar

सुनको मूल्य फेरी बढ्यो

  • January 27, 2020 प्रकाशित

काठमाडौं । पछिल्लो केही महिनादेखि नेपाली बजारमा सुनको भाउ अस्थिर बनेको छ । आइतबार प्रतितोला ७५ हजार ५ सयमा कारोबार भएको सुन सोमबार ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुन आज प्रतितोला ७६ हजार रुपैयाँ कायम भएको छ । यस्तै चाँदी आइतबार तोलामा ५ रुपैयाँ बढेर तोलाको नौ सय रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

निरन्तर उकालो लाग्दै गएको सुनको भाउ केही ओरालो लागेर पुन उकालो लाग्न सुरु गरेको छ । प्रतितोला ७६ हजार ५ सय रुपैयाँसम्म पुगेको सुनको मूल्य घटेर शुक्रबार ७४ हजार ८ सयमा आइपुगेको थियो ।

पुन बढेर ७६ हजार पुगेको छ ।अमेरिका र इरानको तनावले बढेको सुनको भाउ तनाव मत्थर भएसँगै ओरालो लागेको थियो । तर, अहिले पुन उकालो लाग्न पुगेको नेपाल सुन चाँदी व्यवसायी महासंघको भनाइ छ ।