Aafno Khabar

दिपक मनाङ्गे प्रहरी नियन्त्रणमा

  • January 23, 2020 प्रकाशित

पोखरा । गण्डकी प्रदेशका सांसद दिपक मनाङ्गेलाई प्रहरी पोखराको लेकसाइडबाट नियन्त्रणमा लिएको छ । मनाङ्गले मंगलबार एन्फा कास्कीका अध्यक्षलाई तीन झापढ हानेका थिए ।

मनाङबाट मुख्यमन्त्री कप फुटबल खेल्नका लागि गत माघ १ गते पोखरा आएका खेलाडीको व्यवस्थापन नगरेको र प्रतियोगिताको म्याद सार्दा पनि खेलाडीलाई जानकारी नदिएको भन्दै मनाङ्गे एन्फाका अध्यक्षसँग रिसाएका थिए ।