Aafno Khabar

गाउँपालिकाको गाडी गैर कानुनी रुपमा सिक्दा ठक्कर दिएर बालकको मृत्यु

  • २०७६ माघ ८ गते १२:२७ प्रकाशित

नवलपुर । नवलपुरको हुप्सेकोट गाउँपालिकाको सवारी साधनले किचेर एक जना बालकको मृत्यु भएको छ ।

गाउँपालिकाको ग१झ ३८९ नम्बरको गाडी बत्तिएर आएर रोकिराखेको मोटरसाइकल र बाटोमा उभिएको एक जनालाई धक्का दिएको बताइएको छ । त्यसपछि पनि सो गाडी सम्हालिन नसक्दा सडकसँगैको रहेको घरतिर गाडी मोडिएर सिँढीमा बसिरहेका आमाछोरालाई ठक्कर दिएको हो ।

गाउँपालिकाको बसले ठक्कर दिँदा ५ वर्षीय डिपु गाहाको मृत्यु भएको छ भने बालककी आमा २६ वर्षीय मीना गाहा घाइते हुनुहुन्छ। उहाँको चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

सोही दुर्घटनामा घाइते भएका ५५ वर्षीय भीमबहादुर लुंगेली र ७० वर्षीय पूर्णबहादुर लामा पनि सोही अस्पतालमा उपचाररत छन् । गाउँपालिकाको गाडी कसले चलाएको र घटना कसले गराएको जानकारी आइसकेको छैन ।