Aafno Khabar

मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा वर्षा र हिमपात

  • January 16, 2020 प्रकाशित

काठमाडौं । अहिले देशका मध्य र पश्चिमको उच्च हिमाली तथा पहाडी भेगमा वर्षा तथा हिमपात भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पश्चिमी वायुको असरले पश्चिमसहित देशका विभिन्न ठाउँमा पानी परिरहेको हो। बुधबार राति पश्चिमबाट नेपाल प्रवेश गरेको पानी पर्ने प्रणाली अहिले मध्य क्षेत्रमा फैलिइ सकेको छ ।

बिस्तारै पूर्वतर्फ सर्ने क्रममा रहेको वायुको यो प्रणालीले बेलुकीसम्ममा पूर्वमा पनि पानी र हिउँ पार्ने विभागले बताएको छ। तर लगातार झरीको सम्भावना भने छैन ।

आज र भोलि देशभरिकै मौसम पूर्णरुपमा नखुल्ने र खुलिहाले पनि फेरि बादल लागि हाल्ने सम्भावना छ । शनिबारदेखि भने मौसममा सुधार हुँदै जानेछ ।