Aafno Khabar
creativeideas

नेपाल प्रहरीले माग्यो ठूलो सङ्ख्यामा इन्सपेक्टर र असईका लागि दरखास्त (विज्ञापनसहित)

  • २०७६ माघ १ गते प्रकाशित

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक इन्सपेक्टर र प्रहरी सहायक निरीक्षक असईमा रोजगारीका लागि दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयले निकालेको सूचना अनुसार इन्सपेक्टरमा १ सय ४९ जना र असईमा ५ सय ८४ जना माग गरेको छ ।

इन्सपेक्टर र असइका लागि योग्य उम्मेदवारले माघ ५ देखि फागुन ११ गतेभित्र आवेदन दिन सक्ने कार्यालयले जनाएको छ ।