काठमाडौं । २०७७ सालको दशैँ र तिहार तुलनात्मक रुपमा झण्डै एक महिना पर धकेलिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ ।
नयाँ पात्रोअनुसार असोज महिनामा मलमास परेकाले दशैँ कात्तिकमा परेको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आउँदो वर्ष कात्तिक १ गते घटस्थापना परेको छ । यस्तै फूलपाती ७ गते, महाअष्टमी ८ गते, महानवमी ९ गते र विजयादशमी १० गते परेको समितिले जनाएको छ ।
यस्तै तिहार कात्तिक २८ गतेदेखि सुरु हुनेछ । २८ गते काग तिहार, २९ गते कुकुर तिहार र लक्ष्मी पूजा, ३० गते गोवर्द्धन तथा म्ह पूजा र भाइटीका मङ्सिर १ गते परेको समितिले जनाएको छ । समितिका अनुसार आउँदो वर्ष विबाहको साइत १५ दिनमात्र रहेका छन् ।