काठमाडौं । सार्वजनिक बसभित्र महिलाको कपालमा वीर्य स्खलन गरको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले एक व्यक्तिलाई एक वर्षपछि पक्राउ गरेको छ ।
‘बस काण्ड’का नामले चर्चित भएको सो हर्कतको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो । काठमाडौंको सार्वजनिक बसमा भएको त्यस्तो घटनाबाट पीडित महिला, बस कै पहिचान सुरुमा हुन सकेको थिएन ।
प्रहरीले अनुसन्धान गर्दै जाँदा घटनाको भिडियो अपलोड गर्ने व्यक्तिलाई भने सोमबार राति चितवनबाट पक्राउ गरेको छ । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन । पक्राउ परेका व्यक्तिले नै वीर्य स्खलन गरेको हो वा अरु नै हो भन्ने खुलिसकेको छैन ।