Aafno Khabar

कीर्तिमानी मूल्यबाट ओरालो लाग्दै सुन

  • January 9, 2020 प्रकाशित

काठमाडौं । बुधबार कीर्तिमानी मूल्य कायम गरेको सुन बिहीबार प्रतितोला हजार रुपैयाँ घटेको छ। सुनचाँदी व्यवसायी महासंघले बिहीबारको लागि छापावाल सुनको प्रतितोला मूल्य ७५ हजार ५ सय कायम गरेको छ।

तेजावी सुनको मूल्य पनि घटेको छ। बिहीबार नेपाली बजारमा तेजावी सुनको मूल्य ७५ हजार २ सय कायम गरेको छ। अन्तर्राष्ट्रिय बजार सुनको मूल्य घटेकाले नेपाली बजारमा पनि सुन सस्तिएको हो।