Aafno Khabar

मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु

  • २०७६ पुष २४ गते १०:४९ प्रकाशित

एजेन्सी । मलेसियामा कार दुर्घटना हुँदा दुई जना नेपालीको मृत्यु भएको छ । क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थल नजिकै बिहीबार बिहान कार दुर्घटना हुँदा दोलखाका २९ वर्षीय राजकुमार श्रेष्ठ र सुर्खेतका २३ वर्षीय रमेश पोख्रेलको मृत्यु भएको दूतावासले जनाएको छ ।

बिहीबार बिहान कम्पनीमा खाजा पुर्‍याउन हिँडेका श्रेष्ठ र पोख्रेल चढेको कार स्थानीय समय अनुसार बिहान ६ बजे विमानस्थल नजिकै मिलाइ भन्ने ठाउँमा दुर्घटना भएको हो । विपरित दिशाबाट आएको लरीले कारलाई ठक्कर दिएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै दूतावासले जनाएको छ ।

दूतावासकाअनुसार श्रेष्ठको परिवारसँग सम्पर्क भइसकेको छ भने पोख्रेलको सम्पर्क हुन बाँकी छ । यसबारे थप अनुसन्धान भइरहेको दूतावासले जनाएको छ ।