Aafno Khabar

हत्या अभियोगमा बाबु–छोरीसहित ११ जनालाई कैद सजाय

  • January 8, 2020 प्रकाशित

दाङ । दाङको तुलसीपुरका व्यापारी राजकुमार श्रेष्ठको अपहरण गरी हत्या गर्ने समूहका मुख्य योजनाकारलाई जन्मकैदको सजाय भएको छ । व्यापारी श्रेष्ठको हत्यामा संलग्न भएका ११ जनालाई १० वर्षदेखि जन्मकैदसम्मको सजाय जिल्ला अदालत सल्यानले तोकेको छ ।

७४ जेठ २६ मा मारिएका श्रेष्ठलाई दाङबाट अपहरण गरी उनीहरुले सल्यान लगेर हत्या गरेका थिए । घटनाका मुख्य योजना बाबु–छोरीसहित ११ जनाविरुद्ध अदालतले कैद सजाय तोकेको छ ।

घटनाका मुख्य योजनाकार ठहर भएका टीकाराम घर्तीलाई २० वर्ष कैद, घर्तीकी छोरी पूजालाई १० वर्ष कैदको सजाय भएको छ ।

घटनामा संलग्न भएकाहरु अविरल महरालाई १६ वर्ष, मनबहादुर पुन, रुगत थापा, मानबहादुर भण्डारी, वीरे घर्ती र नारायण वलीलाई ५–५ वर्ष कैद सजाय सुनाइएको छ ।