Aafno Khabar

हम्मरले हानेर सनिले गरे श्रीमतीको हत्या

  • २०७६ पुष २३ गते १०:४४ प्रकाशित

रुपन्देही । रुपन्देहीको सियारी गाउँपालिकाका श्रीमानले श्रीमतीलाई हम्मरले हान्दा श्रीमतीको मृत्यु भएको छ । ३२ वर्षीय सनि कुमालले ३० वर्षीया श्रीमती कान्छी सुवेदी भनिने चम्पा क्षेत्री कुमालको हम्मर हानी हत्या गरेको रुपन्देही प्रहरीले जनाएको छ ।

सनिले फलामको हम्मरले टाउको, अनुहार, छाती, पेटमा हानेर श्रीमती कान्छीको हत्या गरेको खुल्न आएको प्रहरीले बताएको छ ।

मंगलबार बिहान ११ बजे सियारी गाउँपालिका १ स्थित सूर्यबहादुर कुँवरको घरस्थित डेरामा कान्छी कोठाभित्र मृत अवस्थामा फेला परेपछि प्रहरीमा खबर पुगेको थियो ।

प्रहरीले अभियुक्त सनिलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान गरिरहेको छ । प्रारम्भिक अनुसन्धानका क्रममा घरासयी विवादका कारण हत्या भएको खुल्न आएको प्रहरीले जनाएको छ ।