Aafno Khabar

१८० यात्रु सवार युक्रेनको विमान इरानमा दुर्घटना

  • २०७६ पुष २३ गते ०५:५२ प्रकाशित

एजेन्सी । इरानमा बुधवार विहान १८० जना सवार युक्रेनको बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको स्थानीय संचारमाध्यमले जनाएका छन्।

युक्रेन अन्तर्राष्ट्रिय वायुसेवाको विमान तेहरानको इमाम खामेनी विमानस्थलबाट उडान भर्ने बित्तिकै दुर्घटना भएको फार्स समाचार संस्थाले जनाएको छ।

इरानको रेड क्रेसन्टले सो दुर्घटनामा यात्रु तथा चालक दलका सदस्य जीवित फेला पर्ने सम्भावना नरहेको बताएको छ।

प्रारम्भिक विवरणहरूका अनुसार उक्त विमान युक्रेनको राजधानी किएभतर्फको यात्रामा रहेको बीबीसीले बताइएको छ। सो दुर्घटनाको सम्बन्ध अहिलेको इरान-अमेरिका तनावसँग रहे नरहेको स्पष्ट छैन।