Aafno Khabar

घट्याे सुनकाे मूल्य

  • २०७६ पुष २२ गते ०६:३७ प्रकाशित

काठमाडाैं । निरन्तर उकालाे लागेकाे सुनकाे मूल्य मङ्गलबार केही घटेकाे छ । साेमबार सबैभन्दा महँगाे मूल्यकाे रेकर्ड बनाएकाे सुनकाे मूल्य मङ्गलबार तोलामा ५ सय रुपैयाँ घटेर तोलाको ७५ हजार ५ सय रुपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

साेमबार सुनकाे मूल्य ताेलाकाे ७६ हजार रुपैयाँ पुगेको थियो । यस्तै मङ्गलबार चाँदीकाे भाउ पनि घटेकाे छ । तोलामा २० रुपैयाँ घटेर चाँदी ९ सय रुपैयाँमा कारोबार भैरहेको छ ।

सुनकाे मूल्यमा निरन्तर उकालाे लागेपछि पछिल्लाे समय काराेबार ठप्प भएकाे व्यापारिहरूले बताएका छन् ।