Aafno Khabar
sanima bank

आज र भोली देशैभरी वर्षा र हिमपात हुने

  • January 7, 2020 प्रकाशित

काठमाडौं । मंगलबार देशभरको मौसम बदली तथा पश्चिमी क्षेत्रमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली क्षेत्रमा हिमपात हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी वायुको प्रभावले मङ्गलबार पश्चिममा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हल्का हिमपात हुने छ ।

यस्तै आज यही प्रणालीको असरले पश्चिमको मौसम पूर्णरुपमा नखुल्ने तर मध्य र पूर्वको मौसम भने एकैछिन खुल्ने र बादल लाग्ने महाशाखाले जनाएको छ ।

तर अहिले पश्चिममा वर्षासहित बदली गराएको पश्चिमी वायु पूर्वतिर सर्ने क्रममा रहेकाले बुधबार काठमाडौंसहित मध्य र पूर्वमा पनि पानी पर्नेछ ।

पश्चिमी वायुको प्रभाव आउँदो शुक्रबारसम्मै रहने भएकाले चिसो अझै बढ्ने महाशाखाले जनाएको छ ।