Aafno Khabar

नाम र राजधानी टुङ्गाउन नेकपा प्रदेश ३ को बैठक शनिबार पनि

  • January 4, 2020 प्रकाशित

मकवानपुर । नाम र राजधानीको विषयमा छलफल गर्न नेकपा प्रदेश नम्बर ३ को संसदीय दलको बैठक शनिबार पनि बस्दैछ ।

बिहान ११ बजे मुख्यमन्त्री निवासमा बस्ने बैठकमा प्रदेशको नाम र राजधानीका विषयमा छलफल गर्ने र सर्वसम्मत ढंगले अगाडी बढाउने तयारी भएको नेकपा प्रदेश संसदीय दलले जनाएको छ ।

शुक्रबारकाे बैठकमा मुख्यमन्त्री पौडेलले पार्टीको सचिवालयले गरेको निर्णयअनुसार प्रदेश ३ को स्थायी राजधानी हेटौँडा र नाम वागमती कायम गर्न सबै एकजुट हुनुपर्ने बताउनुभएको थियो ।

तर नेकपाका केही सांसदले सचिवालयको निर्णय मान्य नहुने भन्दै राजधानी काभ्रेमा बनाउनुपर्ने बताएका छन् ।