Aafno Khabar

इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी

  • २०७६ पुष १९ गते १४:३७ प्रकाशित

एजेन्सी । अमेरिकी सुरक्षाकर्मीको कारबाहीमा मारिएका इरानी कमान्डरको अन्त्येष्टिमा हजारौं सहभागी भएका छन । इरानी सुरक्षाकर्मीका कमान्डर कासिम सोलेमानी र इराकी अर्धसैनिक दलका प्रमुख अबु महदी अल मोहन्दीसको शनिबार अन्त्येष्टि गरिएको हो ।

बग्दादमा रहेको शिया धर्मावलम्बीहरुको तीर्थस्थल काधिमियामा उनीहरुको अन्त्येष्टि गर्ने बेलामा सयौं सहभागी भएका थिए । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले अमेरिकी सेनाको कारबाहीकाक्रममा उनीहरु मारिएको बिहीबार राति पुष्टि गरेको थियो ।

‘अमेरिकी नागरिकको रक्षाका लागि अमेरिकी राष्ट्रपतिको निर्देशनमा भएको सुरक्षा कारबाहीकाक्रममा कासिमको मृत्यु भएको पेन्टानगनद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको थियो । मन्त्रालयका अनुसार क्वासिम बग्दाद अन्तर्राष्ट्रिय विमानस्थलनजिकै मारिएका हुन ।

वासिङ्टन र तेहरानबीच पछिल्ला केही महिनायता विवाद चर्किरहेको बेला अमेरिकी सेनाको कारबाहीमा परी उनीहरु मारिएका हुन । इराकस्थित अमेरिकी दूतावासमा केही दिनपहिले आक्रमण भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई ठूलो मूल्य चुकाउनु पर्ने चेतावनी दिएका थिए ।

सम्बन्धित शीर्षकहरु