Aafno Khabar
creativeideas

राष्ट्रिय अनुसन्धान विभागमा जागिर खाने अवसर

  • २०७६ पुष १८ गते प्रकाशित

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय अन्तर्गतको राष्ट्रिय अनुसन्धान विभागले २ सय ३२ जना सहायक सूचकका लागि दरखास्त आव्हान गरेको छ ।

देशका विभिन्न क्षेत्रमा भएका गतिविधिबारेमा गोप्य रुपमा सूचना लिनका लागि ती सूचकहरु नियुक्त गर्न लागिएको विभागले जनाएको छ । दरखास्त आगामी माघ १९ गते सम्ममा दिनुपर्ने छ ।

विभागद्वारा प्रकाशित विज्ञापनअनुसार विभागमा रिक्त रहेको सहायक सूचकको लागि खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधानअनुसार पदपूर्ति गर्न लागिएको जनाइएको छ ।

उमेर २०७६ बैशाख १ गते १८ वर्ष पूरा भइ २५ वर्ष ननाघेको हुनुपर्ने र एसएलसी वा एसइइ पास गरेको प्रमाणपत्र चाहिने विभागले जनाएको छ ।