Aafno Khabar
sanima bank

इपीएलमा दक्षिण अफ्रिकाका पूर्व टेष्ट कप्तान असिम आमलाले खेल्ने निश्चित

  • January 3, 2020 प्रकाशित

काठमाडौं । दक्षिण अफ्रिका क्रिकेटका पूर्व कप्तान तथा ओपनर ब्याट्सम्यान हसिम अमला नेपाली फ्रेन्चाइज क्रिकेट लिग एभरेष्ट प्रिमियर लिग (ईपीएल) खेल्न नेपाल आउने भएका छन् ।

अमला कुन टिमबाट ईपीएल खेल्ने भन्नेबारे भने अहिले तय नभएको  इपीएलले बताएकाे छ । केहि दिनमा अमलाले खेल्ने टिमको तय हुने इपीएलकाे भनाइ छ। यस अघि दक्षिण अफ्रिकाका पूर्व खेलाडी रिचार्ड लेभीले ईपीएल खेलिसकेका छन् ।

चौंथो संस्करणको ईपीएल चैत १ देखि १५ गतेसम्म काठमाडौंमा संचालन हुनेछ ।