Aafno Khabar

निषेधित क्षेत्र तोडेको अभियोगमा सीपी गजुरेल पक्राउ

  • January 1, 2020 प्रकाशित

काठमाडाै‌ ।  मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीका वरिष्ठ नेता सीपी गजुरेल पक्राउ परेका छन्।

नेता गजुरेललाई प्रहरीले प्रर्दशनको क्रममा निषेधित क्षेत्र मिचेको अभियोगमा नियन्त्रणमा लिएको हो। आज भारतले गरेको सीमा अतिक्रमणबारे विरोध गर्ने कार्यक्रममा पुगेका नेता गजुरेललाई अनामनगरस्थित हनुमानथानबाट नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी उत्मराज सुवेदीले जानकरी दिए।

‘निषेधित क्षेत्र तोड्न खोज्दा उहाँसहित अन्यलाई नियन्त्रणमा लिएका हौं,’ एसएसपी सुवेदीले भने।

आज नै  प्रहरीले नेत्रविक्रम चन्द विप्लव नेतृत्व नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई नियन्त्रणमा लिएको छ। आइतवार दिउँसो भृकुटिमण्डवस्थित प्रर्दशनीमार्गमा विरोध गर्न पुगेका १५ जनाभन्दाबढी कार्यकर्तालाई नियन्त्रणमा लिएको प्रहरीले जानकरी दिएको छ। विप्लव समुहको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले आज भारत गरेको सिमा अतिक्रमणबारे विरोध गर्ने कार्यक्रम थियो।

पक्राउ परेका नेता गजुरेलसहित उनीहरुलाई महेन्द्र पुलिस क्लबमा राखिएको छ।