Aafno Khabar

काजकिस्तानमा हवाई जहाज दुर्घटना, सात जनाको मृत्यु

  • २०७६ पुष ११ गते ०४:०० प्रकाशित

एजेन्सी । काजकिस्तानमा बेक एअरलाइनको हवाई जहाज दुर्घटना भएको छ । अल्माटी विमानस्थलमा टेक अफ् गर्ने क्रममा हवाई जहाज दुई तले भवनमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा सात जनाको ज्यान गएको पुष्टि भएको छ ।

हवाई जहाजमा १०० जना मानिसको सङ्ख्या रहेको अधिकारीहरुले बताएका छन् । जसमा ९५ जना यात्रु र पाँच जना हवाई जहाजका सदस्य थिए ।

अहिले घटनास्थलमा आपतकालीन सेवा सञ्चालन गरिएको छ । दुर्घटनाग्रस्त विमान काजकिस्तानको ठूलो शहर अल्माटीबाट राजधानी नुरसुल्तान जाने क्रममा थियो ।

सम्बन्धित शीर्षकहरु