Aafno Khabar

पीपीएलमा प्लेअफ खेल्ने टिमको टुङ्गो आज लाग्ने

  • २०७६ पुष ९ गते ०४:३२ प्रकाशित

कास्की । पोखरा प्रिमियर लिग क्रिकेट पीपीएलमा आज (बुधबार) लिग चरणको अन्तिम एक खेल हुदैछ ।

अन्तिम खेलमा वुटवल ब्लास्टर्स र विराटनगर टाईटन्सबीच प्रतिस्पर्धा हुदैछ । खेल पोखरा रंगशालामा बिहान साढे ११ बजे सुरु हुनेछ ।

यसअघिनै प्लअफमा स्थान पक्का भएको वुटवललाई अन्तिम खेलको नतिजाले फरक पार्ने छैन । तर अन्तिम खेलमा फराकिलो जित निकाल्दै प्लेअफमा पुग्ने सम्भावना विराटनगरलाई अझै छ ।

सोही कारण वुटवललाई हराउँदै प्लेअफमा पुग्ने लक्ष्य सहित विराटनगरले लिग चरणको अन्तिम खेल खेल्दैछ ।

वुटबल ६ अंक सहित तालिकाको दोस्रो स्थानमा छ । पाँचौ स्थानको विराटनगरको ४ खेलबाट २ अंक छ । तेस्रो स्थानको काठमाडौंको ४ अंक छ । नेट रनरेटमा कमजोर देखिएको काठमाडौंलाई उछिन्दै तेस्रो स्थानमा उक्लिने मौका विराटनगरलाई छ ।

चितवन प्रतियोगितामा अपराजित रहँदै प्रतियोगिताको फाईनल पुगिसकेको छ । वुटबल ब्लास्टरले समेत ईलिमिनेटर राउण्डमा स्थान पक्का गरिसकेको छ ।

तेस्रो स्थानमा रहने टोलीले वुटवलसंग ईलिमिनेटर राउण्डमा प्रतिस्पर्धा गर्नेछ । काठमाडौं ४ अंक सहित प्लेअफको नजिक छ । तर नेट रनरेटमा सुधार गर्र्दै विराटनगरसंग काठमाडौंलाई उछिन्ने अन्तिम अवसर छ ।

वुटवलको नेतृत्व सोमपाल कामीले गर्नेछन् भने विराटनगरको कप्तानी प्रदीप ऐरीले गर्नेछन् । अन्तिम खेलको नतिजाले ज्ञानेन्द्र मल्ल कप्तानीको काठमाडौं गोल्डेनको भाग्य निर्धारण हुनेछ ।

विराटनगरले लिग चरणमा पोखरा पल्टनलाई मात्र पराजित गर्न सक्यो । वुटवलले चितवनसंगको मात्र एक खेल गुमाएको थियो ।