Aafno Khabar
sanima bank

माइकल ब्लुमबर्गको चुनावी अभियानमा जेलका मजदुरको प्रयोग

  • December 25, 2019 प्रकाशित

एजेन्सी । अमेरिकामा आउँदो वर्ष हुने राष्ट्रपति चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार बन्ने होडमा हालै सामेल भएका धनाड्य तथा न्यूयोर्कका पूर्व मेयर माइकल ब्लुमबर्गको चुनावी अभियोनमा कैदीबन्दी प्रयोग भएको खुलेको छ ।

आफ्नो पक्षमा मत माग्नका लागि प्रयोग भएकाहरु जेलका कामदार रहेको थाहा नभएको ब्लुमबर्गले बताएका छन्।

जेलमा दुई कल सेन्टर चलाउने विचौलियासँगको सहकार्य तोडेको पनि ब्लुमबर्गले बताएका छन् । सोही विचौलियाले आफ्नो चुनावी अभियानमा थाहै नदिइ जेलका जेलका मजुदरहरु ल्याएको ब्लुमबर्गको भनाई छ ।

पत्रकारले आफूलाई टेलिफोन गरेपछि मात्रै आफ्नो चुनावी अभियोनमा कामदार पठाउने विचौलिया कम्पनीले जेलका मजदुर प्रयोग गरेको थाहा पाएको ब्लुमबर्गले बताएका छन् ।

ब्लुमबर्ग गएको नोभेम्बरमा मात्रै चुनावी अभियानमा आएका छन् । उनले त्यसलगत्तै ठूलो रकम प्रचारप्रसार सामग्रीमा खर्च गरेका छन् ।

ब्लुमबर्गको चुनावी अभियानमा जेलका मजदुरको प्रयोग भएको खबर सबैभन्दा पहिले समाचार अनलाईन द इन्टरसेप्टले प्रकाशित गरेको थियो।

न्यूयोर्कका पूर्व मेयर ब्लुमबर्गले आफ्नो चुनावी अभियान जेलका मजदुर प्रयोग गर्ने पक्षमा नरहेको र अब आइन्दा अभियानमा प्रयोग हुने कामदारका सम्बन्धमा विस्तृत अध्ययन गरिने बताएका छन् ।

ब्लुमबर्गको चुनावी अभियानले मतदाताहरुलाई टेलिफोन गरी मत माग्नका लागि प्रोकम नामक कल सेन्टर कम्पनीसँग सहकार्य गरेको र प्रोकमले जेलका मजदुरलाई सो काममा लगाएको द इन्टरसेप्टले उल्लेख गरेको छ ।

सम्बन्धित शीर्षकहरु