Aafno Khabar
sanima bank

नेपाल र भुटानको दोस्रो मैत्रीपूर्ण आज

  • December 25, 2019 प्रकाशित

काठमाडौं । नेपाली यू-१५ राष्ट्रिय महिला फुटबल टिमले आज बुधबार भुटानसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ ।

पहिलो खेलमा फराकिलो जित निकालेको नेपालले एन्फा कम्प्लेक्स सातदोबाटोमा दोस्रो खेल खेल्ने लागेको हो । नेपाल र भुटानबीचको खेल अपरान्ह २ बजे हुनेछ ।

सोमबार भएको पहिलो खेलमा नेपालले भुटानलाई ६-१ गोल अन्तरले पराजित गरेको थियो । नेपाललाई जित दिलाउन अमिशा कार्कीले ह्याट्रिक गरेकी थिइन् । यस्तै कप्तान प्रिती राईले दुई र सुनकली राईले एक गोल गरिन् ।

महिला फुटबल विकासको लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । मैत्रीपूर्ण खेल निशुल्क हेर्न सकिने पनि एन्फाले जनाएको छ ।