Aafno Khabar

फरार कैदी १५ वर्षपछि पक्राउ

  • २०७६ पुष ७ गते ०६:२७ प्रकाशित

धनगढी । कर्तव्य ज्यान मुद्दामा जिल्ला अदालतबाट कैद सजाय पाई फरार रहेका कैलालीको भजनी नगरपालिकाका दिलबहादुर साउदलाई प्रहरीले आज (आइतबार) पक्राउ गरेको छ ।

२१ वर्ष छ महीना कैद सजाय पाएर कारागारबाट वि. सं २०६१ देखि फरार रहेका साउदलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दक्षकुमार बस्नेतले बताए ।

साउदले वि. सं २०५५ फागुनमा साविकको लालबोझी गाउँपालिकाका रतन साउदको हत्या गरेका थिए ।

अदालतको फैसलापछि दिलबहादुरलाई वि. सं २०६० मा पक्राउ गरी कारागार चलान गरिएको थियो ।

तत्कालीन नेकपा (माओवादी) ले वि. सं २०६१ मा राति गरेको कैलाली कारागार आक्रमणका क्रममा उनी फरार थिए ।

सम्बन्धित शीर्षकहरु