Aafno Khabar

सवारी ज्यान मुद्धाका फरार प्रतिवादी विश्रामपुर गाउँपालिकाका अध्यक्ष पक्राउ

  • December 22, 2019 प्रकाशित

बारा । बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् ।

सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा अध्यक्ष राउतलाई आइतबार पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जानकारी दिए ।

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । पाललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतमा पठाइएको उनले बताए ।