Aafno Khabar

मोडल हन्टको चौथो सिजन

  • नयाँ पत्रिका
  • २०७५ असार १८ गते ०२:३४ प्रकाशित

‘मोडल हन्ट नेपाल’को चौथो सिजन सुरु भएको छ । चार वर्षदेखि नेक्स्ट मोडल्सले कार्यक्रम आयोजना गर्दै आएको छ । ‘मोडल हन्ट नेपाल २०१८’को आवेदन खुला भएको आयोजकले विज्ञप्तिमार्फत जानकारी गराएको छ ।

प्रशिक्षित र दक्ष मोडल उत्पादन गरेर व्यावसायिक करिअर निर्माणमा सघाउने उद्देश्यले प्रतियोगिता अयोजना गर्दै आएको आयोजकको भनाइ छ ।

प्रतियोगिताको अडिसन ५ साउनबाट काठमाडौंमा सुरु हुनेछ ।

१८ वर्षदेखि २८ वर्षसम्मका अविवाहित युवायुवतीले अडिसनमा भाग लिन सक्ने नेक्स्ट मोडल्सले जनाएको छ ।

सबै चरणको अडिसनबाट ४० युवा र ४० युवती अन्तिम प्रतिस्पर्धाका लागि छनोट हुने नेक्स्ट मोडल्सको विज्ञप्तिमा उल्लेख छ । भदौको अन्तिम साता अन्तिम प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगिताको शीर्ष विजेताले नगद १ लाख र उत्कृष्ट तीनभित्र पर्नेले कोरियामा आयोजना हुने ‘लक्जरी ब्रान्ड मोडल अवार्ड’मा सहभागिताको अवसर प्राप्त गर्नेछन् ।