Aafno Khabar

नागढुंगाबाट फेरि ६ केजी सुन बरामत, एक जना पक्राउ

  • टेकराज थामी
  • July 1, 2018 प्रकाशित

उपत्यका भित्रिने नागढुंगा नाकामा फेरि ६ केजी सुनसहित एक पक्राउ परेका छन् । महानगरीय प्रहरी प्रभाग नागढुंगाका प्रहरी निरीक्षक केशव भट्टका अनुसार उपत्यका भित्रिँदै गरेको कार चेक जाँच गर्दा उक्त सुन बरामद भएकोे हो ।

सोही नाकाबाट प्रभागले शनिबार पनि ३ केजी सुन बरामत गरेको थियो । विशेष सूचनाका आधारमा साे परिणामकाे सुन बरामद भएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले बताए । उनले भने, ‘६ केजी सुन बरामत भएको छ । विशेष सूचनाका आधारमा सुन बरामत भएको हो । घटना सम्वन्धमा अनुसन्धान भइरहेको छ ।’