Aafno Khabar
ट्रेन्डिङ खबर

बागलुङ झडप अपडेट: मृत्यु भएका दुई जनाको पहिचान, १३ जना अझै भेटिएनन्

बागलुङ । होली खेल्ने विषयमा झडप हुँदा बागलुङमा दुई जनाको मृत्यु भएको पुष्टि भएको छ । बाग्लुङ, प्युठान र गुल्मीको सिमानामा पर्ने बल्देधुरीमा हिजो होली खेल्ने क्रममा झडप हुँदा २ जनाको मृत्यु भएको हो । अन्य १३ जना बेपत्ता भएको...

छिमेकीको हत्या गर्ने अभियुक्त २० वर्षपछि पक्राउ

सप्तरी । सप्तरीमा व्यक्ति हत्या गरी फरार अभियुक्त २० बर्षपछि पक्राउ परेका छन् । जिल्लाको बलान बिहुल गाउँपालिका–३ का लक्ष्मण भनिने धनीलाल साह २० वर्षपछि पक्राउ परेका प्रहरीले बताएको छ । २०५७ साउन ३ गते छिमेकी दशरथ साहको हत्या गरेका...

महामारी फैलिने डरकाबीच यसरी मनाइयो होली (फोटो खबर)

काठमाडौं । रङहरुको पर्व फागुपूर्णिमा (होली) आज नेपालको पहाडी जिल्लामा हर्षोल्लासका साथ मनाइएको छ । मधेशका जिल्लामा भने भोलि होली मनाइनेछ । सरकारले होलीमा सार्वजनिक विदा दिएकाले घरमा परिवारसँग र घरबाहिर साथीहरुसँग आपसमा रङ दलेर धेरैले होलीको खुशियाली साटासाट गरे...

कार्यान्वयनमा नआउँदै सुदूरपश्चिमको लोक सेवा आयोग ऐन दोस्रो पटक संशोधन

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले प्रदेश लोक सेवा आयोग ऐनलाई दोस्रो पटक संशोधन गरेको छ। आयोगका अध्यक्ष तथा सदस्यहरूको सपथग्रहणबारे पहिलो पटक संशोधन गर्दा उल्लेख नभएपछि दोस्रो पटक संशोधन गरिएको हो। प्रदेश सभाको हिजो बसेको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा...

ओलीले संसदीय दलको बैठक बोलाउँदा नेपालले बोलाए केन्द्रीय कमिटी बैठक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को संसदीय बैठक आज बस्दैछ । बैठकमा चालु अधिवेशनलाई कसरी प्रभावकारी बनाउने र सांसद्हरूको विकास बजेट खर्चको सन्दर्भमा छलफल हुने जनाइएको छ । यसअघि बैठकमा अनुपस्थित माधवकुमार नेपाल पक्षीय नेताहरू यसपटकको संसदीय दलको बैठकमा...

अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्यो

एजेन्सी । अन्तरराष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको छ । युरोपमा कोरोना भाइरससम्बन्धी नयाँ चरणको प्रतिबन्ध सुरु भएसँगै तेलको मूल्य ओरालो लागेको हो । मूल्य घट्नुको अर्को कारण स्वेज नहरमा आवागमन अवरुद्ध हुनु पनि रहेको अधिकारीहरुले बताएका छन् । स्वेज...

यो वर्ष पनि सार्वजनिक स्थलमा होली खेल्न नपाइने

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले सार्वजनिक स्थलमा होली खेल्न रोक लगाएको छ । कोभिड–१९ संक्रमणको दर बढ्दै गएको अवस्थामा होली पूर्णिमामा सार्वजनिक स्थलमा भेला भई होली खेल्न रोक लगाइएको काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । यस्तै...

खोपबाट कोभिड–१९ निर्मुल पार्न सम्भव छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले खोप लगाएर कोभिड–१९ को संक्रमण निर्मुल पार्न सजिलो नभएको बताउनुभएको छ । आज कोभिड–१९ संकट व्यवस्थापन केन्द्रबाट प्रकाशित नेपालमा कोभिड–१९ महामारी र प्रतिकार्य प्रतिवेदन सार्वजनिकीकरण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले यस्तो बताउनुभएको हो । कोभिड–१९...

मंगल ग्रहमा हेलिकप्टर उडाउने नासाको तयारी

एजेन्सी । अमेरिकी अन्तरिक्ष संस्था नासाका वैज्ञानिकहरूले मंगल ग्रहमा हेलिकप्टर उडाउने तयारी थालेका छन्। आउँदो अप्रिल ८ पछि हुने उक्त उडान एक ग्रहबाट नियन्त्रण गरी अर्को ग्रहमा गरिएको पहिलो उडान हुनेछ। १.८ किलोग्राम तौल भएको हेलिकप्टरलाई वैज्ञानिकहरूले इन्जेन्युटी नाम दिएका...

९ दिनसम्म बालिकालाई कोठामा बन्धक बनाई करणी गर्ने दुईजना पक्राउ

रुकुम । बालिकालाई अपहरण गरी शरीर बन्धक र जबरजस्ती करणी गरेको आरोपमा रुकुमपूर्वमा दुई जना पक्राउ परेका छन् । १४ र १५ वर्षीया दुई बालिकालाई अपहरण गरी करणी गरेको आरोपमा रुकुमपूर्वका दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वले जनाएको...