Aafno Khabar
ट्रेन्डिङ खबर

अटेरी सरकारको तडक भडकका कारण कोरोना नियन्त्रण बाहिर गयो : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार कोरोना रोकथाम तथा नियन्त्रणमा गम्भीर नभएको आरोप लगाएका छन्। आज बुढानिलकण्ठमा पत्रकार सम्मेलन गर्दै देउवाले सरकारले असाध्यै कम पिसिआर गरे पनि ३७ प्रतिशतमा कोरोना देखिनुले संक्रमण व्यापक...

कोरोना संक्रमण डरलाग्दो गरी फैलियो, अस्पतालमा राखेर उपचार गर्न सक्दैनौँ : सरकार

काठमाडौं । कोरोना संक्रमण उच्च गतिमा फैलिएको भन्दै सरकारले अस्पतालमा राखेर उपचार गर्न नसक्ने जनाएको छ । स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने गरी कोरोना संक्रमण बढेकाले अस्पतालमा बेड उपलब्ध गराउन नसक्ने अवस्था आएको सरकारको भनाई छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...

कोरोना खोपको एक डोजले मात्र संक्रमण दर आधा घट्ने

एजेन्सी । कोरोनाभाइरस खोपको एउटै मात्राले घरभित्र हुने सङ्क्रमण दरलाई आधासम्म घटाउन सक्ने एउटा अध्ययनले देखाएको छ। फाइजर वा एस्ट्राजेनेका खोपको पहिलो मात्रा दिइएका र त्यसको तीन हप्तापछि सङ्क्रमित भएका व्यक्तिले खोप नलगाएका व्यक्तिलाई भाइरस सार्ने सम्भावना ३८ देखि ४९...

तीन जिल्लामा आंशिकसहित १५ जिल्लामा निषेधाज्ञा

काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि नेपालमा आजसम्म १५ जिल्लामा पूर्ण र तीन जिल्लामा आंशिक निषेधाज्ञको घोषणा भएको छ। नेपाल भारत सीमा जोडिएको बाँके जिल्ला शुरुमै कोभिड–१९ सङ्क्रमणबाट नराम्ररी प्रभावित भयो। प्राप्त विवरणअनुसार उक्त जिल्लामा सङ्क्रमितलाई भूइँमा राखेरसमेत उपचार गराइएको...

कोरोना खोप धनी देशको कब्जामा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) प्रमुखले कोरोनाविरुद्धको खोपमा धनी देशले कब्जा जमाएको टिप्पणी गरेका छन् । डब्ल्यूएचओका प्रमुख टेड्रोस अधानोम ग्रेब्रेयससले विश्वमा धनी देशसँग ८२ प्रतिशत खोप रहेको तर गरिब देशको पहुँचमा ०.३ प्रतिशत मात्र रहेको बताएका हुन् । उनका अनुसार...

बिहीबार झण्डै ५ हजार संक्रमित थपिदा ३५ जनाको मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ९ सय २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। १३ हजार ५ सय ६० एन्टीजेन र पीसीआर नमुना परीक्षण गर्दा ती संक्रमित भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै २४...

मतदानको समयमा हराएका सांसद शाहीले भने : पार्टी निर्णयप्रति प्रतिबद्ध छु

कास्की । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध दर्ता भएको अविश्वसाको प्रस्तावमा मतदान हुनुअघि सम्पर्कविहीन भएका गण्डकी प्रदेशका सांसद खिमविक्रम शाहीले पार्टी निर्णयप्रति आफू प्रतिबद्ध रहेको जनाएका छन्। मतदानको समयमा पोखराको चरक अस्पतालमा भर्ना भएका शाहीले बिहीबार विज्ञप्ति जारी गर्दै आफू बिरामी परेर...

पूर्व बडामहारानी कोमल शाहको उपचारका लागि प्लाज्माको खोजी

काठमाडौं । पूर्व बडामहारानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी भइरहेको जनाएको छ । पूर्वरानी शाहको उपचारमा संलग्न चिकित्सकका अनुसार सम्भव भएसम्म आजै प्लाज्माबाट उपचार हुनेछ । कोरोना संक्रमण भएपछि...

१० जिल्लामा ५ सय भन्दा बढी कोरोना संक्रमित

काठमाडौं । पाँच सयभन्दा बढी कोरोना संक्रमित भेटिने जिल्लाको संख्या १० पुगेको छ । मोरङ, पर्सा, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, कास्की, दाङ, बाँके र रुपन्देहीमा पाँच सयभन्दा माथि संक्रमित भेटिएका छन् । त्यस्तै सुनसरी, बारा, मकवानपुर,पाल्पा, बर्दिया, कपिलबस्तु, सुर्खेत, कञ्चनपुर...

मास्क नलगाउँदा प्रधानमन्त्रीमाथि लगाइयो जरिवाना

काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रायुथ चान–ओचालाई फेस मास्क नगलाएर कोरोना भाइरस सम्बन्धी मापदण्ड उल्लंघन गरेको आरोपमा सोमबार ६ हजार भाट अर्थात १९० डलर जरिवाना गरिएको छ । अन्तरराष्ट्रिय समाचार एजेन्सी रोयटर्सका अनुसार बैंककका गभर्नरले प्रधानमन्त्री प्रायुथलाई मास्क नलगाएको आरोपमा ६...