Aafno Khabar
ट्रेन्डिङ खबर

मतदानका लागि काठमाडौं छाड्नेको भीड

काठमाडौं । स्थानीय तह निर्वाचनका लागि मतदान गर्न काठमाडौंबाट घर फर्किने क्रम बढेको छ । काठमाडौंको बालाजु बसपार्क र कोटेश्वर क्षेत्रमा घर फर्किनेहरुको भीड बढेको छ । ती क्षेत्रमा मानिसहरुको ठूलो भीड बढेपछि ट्राफिक जामको अवस्था पनि छ । काठमाडौं...

कांग्रेसमाथि ओलीको टिप्पणी : २० वर्ष एकल सरकार चलाउँदा पनि समृद्धीको योजना ल्याएनन्

काठमाडौं । एमाले अध्यक्ष केपी ओली नेपाली कांग्रेसमाथि खनिएका छन् । कांग्रेस लामो समय सरकारमा रहँदा पनि देश र जनताका लागि केही गर्न नसकेको उनको आरोप छ । आइतबार आयोजित पत्रकार सम्मेलनमा ओलीले कांग्रेस अहिलेसम्म २७ वर्ष सरकारमा रहेको बताए...

म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकलाई के हुन्छ कारबाही ?

काठमाडौं । म्यादी प्रहरीको ड्रेस लगाएर भिडियो बनाउने युवकमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ । कपिलवस्तु बाणगंगा नगरपालिका–४ का १७ वर्षीय नवराज रेग्मीलाई प्रहरीले बुधबार २१ वैशाखमा पक्राउ गरेको थियो । उनीमाथि सार्वजनिक अपराध तथा अभद्र व्यवहार कसुरमा अनुसन्धान थालिएको जिल्ला...

एकैपटक जन्मिएका ९ वटा बच्चाको एक वर्षपछि अवस्था कस्तो छ ?

माली । गत वर्षको मे ४ मा मालीकी हलिमा सिसेले एकैपटक ९ सन्तानलाई जन्म दिएकी थिइन् । ती बच्चाहरु मोरक्कोको अस्पतालमा जन्मिएका थिए । माली सरकारले उनलाई विशेष हेरचाहका लागि त्यतिबेला मोरक्को पठाउने व्यवस्था गरेको थियो । २६ वर्षीया हलिमा...

विश्वराज पोखरेललाई प्रहरी प्रमुख बनाउन गृहको प्रस्ताव

काठमाडौं । गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई प्रहरी प्रमुखमा बढुवा गर्न प्रस्ताव गरेको छ । मन्त्रालयले एक नम्बर वरियतामा रहेका पोखरेललाई आईजीपीमा नियुक्त गर्ने गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने गरी निर्णय गरेको हो । आइतबार बिहान भएको सत्ता...

बैंकको ऋण नतिरेका र समानुपातिक बन्दसूचीमा रहेकाको मनोनयनपत्र अस्वीकार हुने

काठमाडौं । देशभरका निर्वाचन अधिकृतले आज दिउँसोसम्म समानुपातिकतर्फ बन्दसूचीमा रहेकाहरुको नाम नहटेमा उम्मेदवारी मनोनयनपत्र अस्वीकार गर्ने भएका छन् । निर्वाचन आयोगले बिहीबार अपरान्हसम्म बन्दसूचीबाट नाम हटेमा मनोनयन स्वीकार गर्न देशभरका निर्वाचन अधिकृतहरुलाई निर्देशन दिएको हो । त्यसैगरी विभिन्न कारणले कालोसूचीमा...

केशव स्थापित काठमाडौंको उम्मेदवार, यी हुन एमालेका अन्य महानगरका उम्मेदवार

काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा केशव स्थापितलाई उम्मेदवार बनाउने भएको छ । शनिबार बसेको सचिवालय बैठकले ५ महानगर र १० उपमहानगरको उम्मेदवार टुंगो लगाएको हो । जसअनुसार काठमाडौंको मेयरमा स्थापित र उपमेयरमा सुनिता डंगोललाई उम्मेदवार बनाउने निर्णय भएको...

९ महिनामा नेपालको व्यापार घाटा १३ खर्ब माथि

काठमाडौं । चालु आर्थिक वर्षको ९ महिना अर्थात् चैत्र मसान्तसम्म मुलुकको व्यापार घाटा १३ खर्ब माथि पुगको छ । यस अवधिमा नेपालको निर्यात अघिल्लो बर्षको तुलनामा उल्लेख्य बढेपनि अत्यधिक आयातका कारण ब्यापार घाटा उच्च रहेको हो । भन्सार विभागले सार्वजनिक...

दाङको एक मस्जिदमा दुई समूहबीच झडप

दाङ । दाङको एक मस्जिदमा दुई समूहबीच झडप हुँदा ८ जना घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । वडा प्रहरी कार्यालय लमहीका प्रहरी प्रमुख पुष्पराज थापाका अनुसार गम्भीर घाइतेको टाउकोमा गम्भीर चोट लागेको छ...

एमाले घोषणापत्र : भ्रष्टाचारमुक्त जनप्रतिनिधिको परिकल्पना, विकासमा आफ्नो स्वामित्व दावी

काठमाडौं । नेकपा एमालेले स्थानीय तह निर्वाचन २०७९ को घोषणा पत्र सार्वजनिक गरेको छ । च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा रहेको केन्द्रीय कार्यालयमा अध्यक्ष केपी शर्मा ओलीले आज घोषणा पत्र सार्वजनिक गर्नुभएको हो । एमालेले गुणस्तरीय शिक्षा, निरोगी नेपाल, स्वस्थ नेपाली,...